राजनीति गर्न होइन, देश परिवर्तन गर्न आएका हौँ : कुलमान घिसिङ
काठमाडौं। उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नभएर देश परिवर्तन गर्न आएको बताउनुभएको छ।
चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले देश परिवर्तन गरेर छाड्ने बताउनुभयो। ‘हामी राजनीति गर्न आएको होइन, देश परिवर्तन गर्न आएको हौँ,’ उहाँले भन्नुभयो।
राजनीति र नेतृत्व फरक कुरा रहेको उल्लेख गर्दै देशलाई परिवर्तन गर्न जरुरी भएको घिसिङको भनाइ थियो। उहाँले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बताउनुभयो।
‘राजनीति र नेतृत्व फरक छ। देशलाई परिवर्तन गर्न आएको हो। जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटोमात्रै समातेको हो,’ उहाँले भन्नुभयो।
देशमा परिवर्तन, सुशासन र समृद्धि नहुँदा अघि बढ्न नसक्ने उहाँको भनाइ थियो। त्यसका लागि आफू जनताको सेवा गर्न आएको उनले बताउनुभयो।
‘देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन,’ घिसिङले थप्नुभयो, ‘हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ। देशको शासक बन्न आएको होइन। आम नेपाली जनताको सेवक बन्न आएका हौँ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




