साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगलालाई उपाधि
काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपालको एपीएफ क्लब पराजित भएको छ ।
नेपालको लिग च्याम्पियन टोली एपीएफ भारतको लिग च्याम्पियन इस्ट बंगलासँग ३–० गोल अन्तरले पराजित हुन पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु भएको खेलमा नेपालले पहिलो हाफमा २ तथा दोस्रो हाफमा थप एक गोल बेहोर्यो ।
इस्ट बंगालकी कप्तान फजिला इक्वापुटले दुई गोल प्रहार गरिन् । ८ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले गोलका लागि खासै अवसर सिर्जना गर्न सकेन । इस्ट बंगालका लागि सिल्की देवी हेनानले एक गोल थपिन् ।
दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासका लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो, जहाँ नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरू सहभागी थिए ।
नेपालको एपीएफ र भारतको इस्ट बंगला शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




