राजनीति

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छ : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजभर फैलाउन सकिए भ्रष्टाचार हट्ने सम्भावना रहेको बताउनुभएको छ। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मन शुद्धीकरण नै भ्रष्टाचार नियन्त्रणको मुख्य आधार भएको बताउनुभयो।
‘मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ, मन शुद्ध भएन भने मनमा लोभ, लालसा र घमण्ड बढ्छ,’ पुनले भन्नुभयो, ‘यही नै भ्रष्टाचार मौलाउने माध्यम बन्छ।’

भ्रष्टाचार औषधिबाट हट्ने समस्या नभएको उल्लेख गर्दै उहाँले योग र ध्यान नै यसको प्रभावकारी उपाय हुनसक्ने धारणा राख्नुभयो। ‘भ्रष्टाचार हटाउन औषधि छैन, बनेको पनि छैन। तर योग र ध्यानले मन शुद्ध बनाउँछ, त्यसैले यसलाई समाजभर फैलाउन सकिए भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु,’ उहाँले भन्नुभयो।

योग र ध्यानलाई गाउँगाउँ तथा टोलटोलमा पुर्‍याउन सबैले पहल गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुनले विद्यालयस्तरमै यसको अभ्यास गराउने तयारी भइरहेको बताउनुभयो।

सम्बन्धित समाचार

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...