राजनीति

२६१ दिनपछि पार्टी कार्यालयमा रवि लामिछाने

काठमाडौं। अदालतको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने २६१ दिनपछि पार्टी कार्यालयमा पुग्नुुभएको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उहाँको स्वागत गरिएको छ ।

लामिछानेको स्वागतका लागि पार्टी कार्यालयमा रास्वपा कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको थियो । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि लामिछाने २०८१ चैत २२ गते पक्राउ पर्नुभएको थियो।

सोही अदालतको आदेशपछि लामिछाने शुक्रबार रिहा हुनुभएको हो।

उच्चले बिहीबार रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रूपन्देही जिल्ला अदालतमा प्रक्रिया पुर्‍याएर रिहा हुनुभएको हो।

झण्डै ९ महिनाको जेल बस्नुभएका लामिछाने २६१ दिनपछि पार्टी कार्यालयमा उपस्थित हुनुभएको हो।

 

सम्बन्धित समाचार

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

मनाङे रिहा

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

काठमाडौं।  प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ अंकगणित गणित लगभग टुंगो लागेको छ। प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट...