राजनीति

पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भन्नुभयो, `निर्वाचनमा जानुको विकल्प छैन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ।

आईतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पार्नुभयो । उहाँले जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताउनुभयो ।

निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी उहाँले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन । जेन–जी विद्रोहमा जुन हाम्रो दाजुभाईले ज्यान गुमाए त्यो बिर्सन पाइँदैन । त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन विथोल्नका निमित्त भागेका केही शक्तिहरु लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि।’

उहाँले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

मनाङे रिहा

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

काठमाडौं।  प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ अंकगणित गणित लगभग टुंगो लागेको छ। प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट...