खेलकुद

टी २० विश्वकपका लागि क्यानले क्लोज क्याम्पमा बोलायो २४ खेलाडी, समेटिए प्रतिश र विनोद

काठमाडौं । भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले पुस ७ गतेबाट सुरु हुने क्याम्पका लागि २४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा भर्खरै सकिएको नेपाल प्रिमियर लिग सिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा, शाहव आलम जस्ता खेलाडीले अवसर पाएका छन्।

टोलीमा रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आदिल अन्सारी, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण के सी, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जिसी र रुपेश कुमार सिंह छन् ।

क्यानले केही दिनको क्याम्पपछि विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गर्नेछ । टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ । नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्नेछ ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...