कांग्रेस र एमालेका १४१ सांसदहरूले गरे संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर
काठमाडौँ। नेपाली कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर जुटाएका छन्।
एमालेका ७५ र कांग्रेसका ६६ गरी १४१ निवर्तमान सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका हुन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदको बहुमत हुन्छ।
एमालेले मंसिर १० गते नै ७५ सांसदको हस्ताक्षरको सूचीसमेत सर्वोच्च अदालतमा बुझाइसकेको थियो भने कांग्रेसले सोमबार सांसद्हरूको हस्ताक्षार लिएर सर्वोच्च जाने तयारी गरेको निवर्तमान सांसद् रामहरि खतिवडाले जानकारी दिनुभयो।
मंसिर २३ गते कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कांग्रेसले सोही रिटमा पक्ष कायम गर्न थप ५८ निवर्तमान सांसदहरूको हस्ताक्षर गराएको हो। कांग्रेसका प्रमुख सचेतक घिमिरेले सोमबार उक्त हस्ताक्षर लिएर सर्वोच्च अदालतमा जाने तयारी गर्नुभएको छ।
कांग्रेसका शीर्ष नेताहरूले भने यसमा हस्ताक्षर गरेका छैनन्।
कांग्रेसका थप निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गर्न आउने जानकारी पठाएको कांग्रेस संसदीय दलका एक कर्मचारीले जानकारी दिए।
कांग्रेसले संसद विघटन असंवैधानिक भने पनि निर्वाचनमा जाने धारणा सार्वजनिक गरिसकेको छ भने एमाले भने राजनीतिक रूपमा निर्वाचनको विपक्षमा रहँदै आएको छ।
ताजा अपडेट
-
१.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
-
२.
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
-
५.
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...
प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने
काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...




