महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने चेतावनी दिनुभएको छ। उहाँले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायको रूपमा स्वीकार नगर्ने प्रवृत्तिले एमाले ‘अन्त्यहीन बहस क्लब’मा रूपान्तरण हुने खतरा रहेको बताउनुभएको छ।
महाधिवेशन सम्पन्न भएलगत्तै केही नेताहरूले अलग्गै भेला गरेको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले यस्ता गतिविधि अपेक्षित नभएको प्रतिक्रिया दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनले गरेका निर्णय अन्तिम मानिनुपर्छ र त्यसपछि पनि ‘मुद्दा कायमै’ राख्ने हो भने पार्टी एकता, अनुशासन र राजनीतिक प्रभावशीलता कमजोर हुँदै जान्छ। ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला पनि अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहसको थलो बन्छ,’ ज्ञवालीको भनाइ छ।
उहाँले एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको प्रमुख कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नहरूको उत्तर दिनु रहेको स्पष्ट पार्नुभएको छ। महाधिवेशनले ती सबै प्रश्नहरूको स्पष्ट र द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उहाँको भनाइ छ। ‘एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो- केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न, महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ’, ज्ञवालीको धारणा छ ।
महाधिवेशनअघि उठाइएका मुद्दा बोकेर अझै पनि ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’को बाटोमा हिँड्नु पार्टीका लागि निरर्थक हुने ज्ञवालीको ठहर छ। यस्तो अभ्यासले पार्टीलाई कुनै गन्तव्यमा नपुर्याउने उहाँले टिप्पणी गर्नुभएको छ । ‘अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिँदैन’, ज्ञवालीको स्पष्ट धारणा छ ।
ज्ञवालीले छोटो अवधिमै पार्टीलाई संगठित र स्थिर अवस्थामा ल्याउन सफलता मिलेको दाबी गर्दै अब एमालेको ध्यान ठूला राष्ट्रिय जिम्मेवारीतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको छ। ‘ तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्राएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौँ तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ, अब हाम्रो समग्र ऊर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ? ’ उहाँको प्रश्न छ ।
उहाँले अब पार्टीको समग्र ऊर्जा आन्तरिक विवादभन्दा बाहिर निस्केर यिनै राष्ट्रिय एजेन्डामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभएकाे छ ।
यसैबिच, पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएको सन्दर्भमा ज्ञवालीले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। गणतान्त्रिक व्यवस्था स्थापना गर्न योगदान पुर्याएका व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु आश्चर्यजनक भएको उहाँको प्रतिक्रिया छ। ‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमरायो ?’ भन्दै ज्ञवालीले गणतन्त्र, संविधान र लोकतान्त्रिक व्यवस्थाप्रतिको प्रतिबद्धता कमजोर पार्ने अभिव्यक्तिहरू स्वीकार्य नहुने बताउनुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...




