अर्थ
७ पुष २०८२ १३:३०
खबर सेवा · More from author
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
खबर सेवा
कञ्चनपुर। कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो ।
शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर अहिले पनि साइकलमै यात्रा गर्न रुचाउनुहुन्छ । साइकल चढ्दा स्वास्थ्यमा हुने फाइदाबारे उहाँ निकै सचेत हुनुहुन्छ । आफ्नो घरदेखि स्थानीय बजारसम्मको करिब तीन किलोमिटरको दूरी उहाँ सधैँ साइकलमै तय गर्नुहुन्छ ।
“साइकलले शरीरमा स्फूर्ति कायम राख्छ र मानिसलाई निरोगी बनाउँछ”, उहाँ भन्नुहुन्छ, “अहिलेसम्म म कुनै गम्भीर बिमारीमा परेको छैन, यसको श्रेय म साइकललाई नै दिन्छु ।” तर, कृष्णबहादुरका समकालीन साथी भने अहिले विद्युतीय स्कुटी, महँगा मोटरसाइकल र कारमा हुइँकिने गर्छन् । उहाँको अनुभवमा साइकल अहिले केही सचेत व्यक्ति र विपन्न वर्गको मात्र साधन बन्न पुगेको छ ।
साइकलको प्रयोग घट्दा यसमा निर्भर व्यवसायीको जीविका सङ्कटमा परेको छ । शुक्लाफाँटाको वनसमिति बजारमा लामो समयदेखि साइकल मर्मत र बिक्रीको पसल सञ्चालन गर्दै आउनुभएका रामबहादुर धामी पहिलेको जस्तो कारोबार नभएकामा चिन्तित हुनुहुन्छ ।
“पहिले दिनमै दुई–तीन नयाँ साइकल बिक्री हुन्थे, मर्मत गर्नेहरूको त पसलमा घुइँचो नै लाग्थ्यो”, धामी पुराना दिन सम्झिनुहुन्छ, “अहिले महिनामा एक–दुईवटा साइकल बिक्री हुन पनि मुस्किल पर्छ, दिनमा दुई–चार जना मात्रै मर्मतका लागि आउँछन् ।”
उहाँका अनुसार ग्राहकको सङ्ख्या शून्यजस्तै भएपछि धेरैले जीविका चलाउनका लागि साइकल मर्मत पसल बन्द गरेर अन्य व्यवसाय रोज्न थालेका छन् । विद्युतीय सवारी ९इ–स्कुटी० र मोटरसाइकलको बढ्दो प्रयोग नै साइकल व्यवसाय धरासायी हुनुको मुख्य कारण रहेको उहाँको ठम्याइ छ । वातावरण संरक्षण र ध्वनि प्रदूषण न्यूनीकरणका लागि साइकल सर्वोत्कृष्ट साधन भए पनि यसको महत्व बुझाउन नसक्दा प्रयोगकर्ता घट्दै गएकोप्रति उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।
सिमलफाँटाका धनबहादुर चौधरी पनि कुनै समय साइकलका सौखिन हुनुहुन्थ्यो । हरेक वर्ष नयाँ मोडलको साइकल फेर्नु उहाँको सोख थियो । अहिले उहाँको दैनिकी फेरिएको छ । कार्यव्यस्तता र कार्यस्थलमा छिटो पुग्नुपर्ने बाध्यताले उहाँले साइकल छाडेर मोटरसाइकल रोज्नुभएको छ ।
“साइकल ‘इको–फ्रेन्डली’/वातावरणमैत्री छ भन्ने कुरा मलाई राम्ररी थाहा छ”, चौधरी भन्नुहुन्छ, “तर टाढाको कार्यस्थलमा समयमै पुग्न साइकलले सम्भव भएन, त्यसैले मोटरसाइकल चलाउन थालेको हुँ ।” उहाँजस्तै धेरैले समयको बचतलाई प्राथमिकता दिँदा साइकल ओझेलमा परेको छ ।
स्थानीय सामाजिक अगुवा दानबहादुर ऐरका अनुसार तराईमा साइकलको इतिहास सामाजिक प्रतिष्ठासँग जोडिएको छ । “पहिले धनीमानी र प्रतिष्ठित व्यक्तिसँग मात्रै साइकल हुन्थ्यो, साइकल हुनुलाई धनी भएको प्रमाण मानिन्थ्यो”, ऐर भन्नुहुन्छ, “समाजको विकासक्रमसँगै साइकलपछि मोटरसाइकल र त्यसपछि कारको युग सुरु भयो, मानिसहरूको आयस्तर वृद्धि भएसँगै साइकललाई गरिबको सवारीका रूपमा हेर्ने सङ्कुचित सोच पनि विकास भएको छ ।”
अहिले सडकमा गुड्ने कार र मोटरसाइकलको सङ्ख्याले मानिसको आर्थिक हैसियत मापन गर्न थालिएको उहाँ बताउनुहुन्छ । “तराईका विद्यालयहरूमा शिक्षक–विद्यार्थीहरूको मुख्य रोजाइ नै साइकल हुन्थ्यो, छात्रवृत्तिको रूपमा साइकल वितरण गर्दा विद्यार्थीमा ठूलो उत्साह देखिन्थ्यो”, शिक्षक धर्मा भण्डारी भन्नुहुन्छ, “आफू पनि विगतमा साइकल चढेर धेरै वर्ष विद्यालय गएको छु, अहिले उमेरले ढल्किँदै गएपछि साइकल चलाएर टाढाको विद्यालय पुग्न अप्ठेरो हुँदा स्कुटी रोजेको छु, ।”
उहाँका अनुसार महिलाहरूले आफ्नो कृषि उत्पादन र तरकारी बजारसम्म पुर्याउन साइकलकै प्रयोग गर्थे । पहिले विवाहमा बेहुलालाई साइकल चढाउने वा दाइजोमा साइकल दिने चलन निकै लोकप्रिय थियो । ती दिनहरू अब केवल स्मृतिका पानामा सीमित भएको उहाँ उल्लेख गर्नुहुन्छ ।
“अहिले विद्यालयहरूले घर–घरमै बसको व्यवस्था गरेका छन्, कृषि उपज सङ्कलनका लागि व्यापारीहरू आफैँ ढुवानीका साधन लिएर किसानको खेतबारीमै पुग्छन्, यसले गर्दा साइकलको उपयोगिता झनै घट्दै गएको छ”, उहाँले भन्नुभयो ।
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
१२ चैत २०८२ ११:०४
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
१२ चैत २०८२ ७:४६
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...
१२ चैत २०८२ ७:४३
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
११ चैत २०८२ १४:१७




