महोत्तरीबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्ड सिफारिस
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका हुनुभएको छ।
मंगलबार बसेको क्षेत्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रचण्ड र मधेस प्रदेश संसदीय दलको नेता भरत प्रसाद साहको नाम केन्द्रमा सिफारिस गरेको हो।
वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी जनअपेक्षाको भावनालाई पूरा गर्न सक्ने उम्मेदवारका रूपमा उनीहरूलाई सिफारिस गरिएको बताइएको छ ।
यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ अरविन्द दास(दलित),महफुज आलम(मुस्लिम),सिता देवी साह(अल्पसंख्यक महिला),नगीना देवी यादव(महिला) र अनिल पाण्डेय (मधेसी खस आर्य) को नाम सिफारिस गरिएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




