अन्तर्राष्ट्रिय

उत्तर–पश्चिम पाकिस्तानमा भएको आक्रमणमा ५ प्रहरीको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलवार अज्ञात विद्रोहीहरूले प्रहरीको गाडीमा गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

नाम नखुलाउने शर्तमा स्रोतले बताएअनुसार यो घटना स्थानीय समयअनुसार बिहान करिव ८ः४५ बजे (०३४५ जीएमटी) करक जिल्लामा आक्रमणकारीहरूले गाडीमा गोलीबारी सुरु गरेपछि भएको हो ।

प्रहरीले तत्काल जवाफी कारबाही गर्दा करिब एक घण्टासम्म दोहोरो गोली हानाहान भएको थियो । गोली हानाहानको क्रममा गाडीमा सवार पाँचै जना प्रहरीको मृत्यु भएको स्रोतले जनाएको छ । आक्रमणपछि विद्रोहीहरूले घटनास्थलबाट भाग्नुअघि प्रहरीको गाडीमा आगजनी समेत गरेको स्रोतले थप जानकारी दिएको छ ।

आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...