पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाद्वारा शंकास्पद लागुऔषध डुङ्गा नष्ट, १ जनाको मृत्यु
अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषध ओसारपसार गरिरहेको आशंका गरिएको एउटा ‘लो–प्रोफाइल’ (पहिचान लुकाइएको) डुङ्गालाई डुबाइदिएको छ । जसमा एक पुरुषको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जनाएको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथको निर्देशनमा, अमेरिकी संयुक्त कार्यदल ‘सदर्न स्पियर’ ले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आतंकवादी संगठनहरूद्वारा सञ्चालित उक्त डुङ्गामा घातक काइनेटिक आक्रमण (सशस्त्र प्रहार) गरेको कमाण्डले जानकारी दिएको छ ।
पोस्टमा उल्लेख भएअनुसार गुप्तचर सूचनाले उक्त डुङ्गा पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध ओसारपसारका ज्ञात मार्गहरू हुँदै गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको थियो । साथै आक्रमणमा एक पुरुष नार्को–टेररिस्ट (लागुऔषध आतंकवादी) मारिएको बताइएको छ । सोमवारसम्मको तथ्याङ्कअनुसार पेन्टागनले सेप्टेम्बरको सुरुदेखि हालसम्म क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा २९ भन्दा बढी शंकास्पद लागुऔषध डुङ्गाहरू डुबाइसकेको छ । जसमा सवार कम्तीमा १०५ जनाको मृत्यु भएको छ ।
करिव चार महिनादेखि अमेरिकाले क्यारेबियन क्षेत्र, विशेषगरी भेनेजुएलाको तटीय क्षेत्र नजिक उल्लेख्य सैन्य उपस्थिति कायम राखेको छ । अमेरिकाले यसलाई कथित रूपमा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने उद्देश्य बताए पनि भेनेजुएलाले यसलाई काराकासमा सत्ता परिवर्तन गराउने अप्रत्यक्ष षड्यन्त्र भन्दै भत्र्सना गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




