अन्तर्राष्ट्रिय

लिबियाका सेना प्रमुखसहित ५ उच्च सैनिक अधिकारीहरू टर्कीमा विमान दुर्घटनामा निधन

लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित चार जना उच्च सैनिक अधिकारीहरू टर्कीको राजधानी अंकारा नजिकै भएको विमान दुर्घटनामा निधन भएको छ ।

लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले यो घटनाको पुष्टि गर्दै यसलाई राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन्। टर्कीका गृहमन्त्री अली येरलिकायाकाअनुसार फाल्कन ५० प्रकारको व्यावसायिक जेट विमान (टेल नम्बर/एच–डीएफजे) अंकाराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो । उडानको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरेको थियो । तर साँझ ८ः५२ बजेपछि विमानसँग सम्पर्क टुटेको थियो ।

टर्कीका सुरक्षा फौजले अंकाराको हायमाना जिल्लास्थित केसिककावाक गाउँ नजिकै विमानको भग्नावशेष फेला पारेका थिए। प्रारम्भिक अनुसन्धानमा विद्युतीय खराबी (इलेक्ट्रिकल फेलियर) कारण दुर्घटना भएको देखिएको छ र तोडफोडको सम्भावना नरहेको टर्की अधिकारीहरूले बताएका छन् । अल–हद्दाद टर्कीमा उच्चस्तरीय सैनिक वार्ताका लागि गएका थिए। मङ्गलवार नै उनले टर्कीका रक्षा मन्त्री यासार गुलेर र टर्कीका सेना प्रमुख सेल्चुक बायराक्तारोग्लुसँग भेटघाट गरेका थिए ।

दुवै देशबीच सैनिक तथा सुरक्षा सहकार्यलाई मजबुत बनाउने उद्देश्यले यो भ्रमण भएको थियो । निधन हुने अन्य अधिकारीहरूमा स्थल सेनाका प्रमुख मेजर जनरल अल–फितौरी घ्रिबेल, सैनिक उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल–कताउइ, सेना प्रमुखका सल्लाहकार मोहम्मद अल–असावी दियाब र सेना प्रमुखको मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुब रहेका छन् ।

विमानमा तीन जना चालक दलका सदस्यहरू पनि थिए र सबैको निधन भएको अनुमान गरिएको छ । प्रधानमन्त्री द्बेइबाहले घटनाको पूर्ण छानबिन गर्ने र टर्कीमा एक प्रतिनिधिमण्डल पठाउने बताएका छन् । लिबियाको राष्ट्रिय एकता सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

यो घटनाले लिबियाको सैनिक नेतृत्वमा ठूलो क्षति पुगेको छ । अल–हद्दाद सन् २०२० देखि लिबियाको सेना प्रमुखको रूपमा नियुक्त भएका थिए र देशको स्थिरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...