सुन र चाँदीकै भाउमा कीर्तिमान
काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मूल्य चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३००मा र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु चार हजार २३५मा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो ।
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...




