राजनीति

भरतमोहन पुत्री लिमा रास्वपाबाट समानुपातिक सांसदको दाबेदार

काठमाडौं। पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारमा दाबेदार बन्नुभएको छ।

प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनमा समानुपातिक उम्मेदवारका लागि रास्वपामा आन्तरिक प्रतिस्पर्धा गरिरहनुभएको हो। खस-आर्य समूहबाट उम्मेदवारको दाबेदार लीमाले आफ्ना एजेन्डा र योजना सार्वजनिक गर्नुभएको छ।

उहाँले सामाजिक न्याय, युवा स्वरोजगार र महिला सशक्तीकरणका एजेन्डालाई प्रतिबद्धतापत्रमा राख्नुुभएको छ। ‘वैकल्पिक राजनीतिमार्फत जनप्रतिनिधित्व, जनताका समस्या र आवश्यकतालाई सदनसम्म पु¥याउने र समाजका आवाजविहीन वर्गको आवाज बुलन्द गर्ने मेरो पहिलो ध्येय हनेछ’, उहाँले भन्नुभयो, ‘समावेशी समाज निर्माणका लागि नीतिगत तहमा रहेर प्रभावकारी भूमिका खेल्ने प्रतिबद्ध मेरो छ।’

रास्वपाले आफ्ना ठूलोबुबा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र बुबा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सामाजिक उत्तरदायित्वसहितको राजनीतिक एजेन्डा अघि सारेको उहाँले भनाइ छ। २०५१ सालमा मनमोहनको नेतृत्वमा बनेको सरकारका अर्थमन्त्री भरतमोहनले ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रम ल्याएको थियो।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धभत्ता र एकल महिलाका लागि भत्ताको सुरुआत पनि त्यहीवेला भएको थियो। मनमोहन र भरतमोहनले ल्याएका सामाजिक सुधारका कार्यक्रमलाई रास्वपामार्फत पूरा गर्न उम्मेदवारको दाबी पेश गरेको उनले बताएकी छन्।

मनमोहन र भरतमोहनको समयको जस्तो जनता र मुलुकलाई केन्द्रमा राखेर काम गर्ने एमाले अब नरहेको निश्कर्षसहित वैकल्पिक राजनीतिमा लागेको उनको भनाइ छ। लीलाले भनिन्, ‘म कुनै व्यक्तिगत आकांक्षा र शासकीय महत्वकांक्षाले राजनीतिमा आएको होइन। राल्य लोककल्याणकारी हुनुपर्छ र राज्यको श्रोत सबै नागरिकका बीचमा समान रुपमा वितरण गरिनुपर्छ भन्ने मान्यता बोकेर केही योगदान गरौं भन्ने उद्देश्यले यो बाटो रोजेकी हुँ।’

चीनको वुहान ह्वाचोङ विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरेकी उनी रास्वपाको कोषाध्यक्ष हुन्। सक्रिय राजनीतिमा आउनुअघि नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेकी थिइन्।

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...