राजनीति

कुलमानद्वारा चुनाव अगावै मन्त्रीबाट राजीनामा दिने संकेत

काठमाडौँ। ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको अवधिमा जेनजी आन्दोलनको सुशासनसम्बन्धी मुख्य मागलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ।

सिंहदरबारमा जिम्मेवारी सम्हालेको सय दिनमा भएका कामकारबाहीका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले सय दिन समयका हिसाबले छोटो भए तापनि सुशासनसम्बन्धी मुख्य मागलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो।  आलोचनाबाट नडराई, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको उहाँले बताउनुभयो।

मन्त्री घिसिङले आफू आएपछि बञ्चरेडाँडामा फोहोर विसर्जन समस्या समाधान भएको, मेलम्चीको पानी काठमाडौँ ल्याउन भएको अवरोध हटाइएको, निर्माणस्थलमा नै पुगेर विकास आयोजनाका वास्तविक समस्या बुझ्ने काम भएको जानकारी दिनुभयो।

त्यसैगरी विकास आयोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्ने प्रयास थालिएको, रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो।  ठेक्का सम्झौताको समय ६० प्रतिशत बित्दा पनि १० प्रतिशतमात्र कार्य सम्पन्न भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनाकोसहित जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका १४ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम भएका २२ वटा रुग्ण ठेक्का तोडिएको उहाँले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...