निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ।
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेसका विषयमा राजनीतिक दलका लागि निर्वाचन आयोगद्वारा आयोजित दुई दिने अभिमुखीकरणको समापनसत्रलाई आज सम्बोधन गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले अहिलेको अवस्थामा निर्वाचन निर्विकल्प समाधान भएको बतााउनुुभयो।
उहाँले निर्वाचनको राजनीतिक मुद्दा राजनीतिक रुपमा हल हुने र आयोगले राजनीतिक तथा कानुनीरुपमा हल भएका विषयलाई शिरोपर गर्ने स्पष्ट गर्नुभयो।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको बन्दसूची पेस गर्दा जात, भाषा, वर्ग र भूगोल सबैलाई प्रतिनिधित्व हुने गरी त्रुटिरहित रुपमा गर्न आग्रह गर्दै जारी हुने निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि पनि स्मरण गराउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...
ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...
ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...




