सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर गरेको पुरक रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कांग्रेसका ५७ जना पूर्वसांसदले रिट निवेदन दायर गरेका थिए।
विघटित संसद्का कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना पूर्वसांसदले दिएको अघिल्लो निवेदनका साथ सरिक हुन पाउँ भनी पुरक निवेदन दिए।
संसद् पुनःस्थापनाको माग गर्दै यसअघि दायर १७ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतबाट लिखित जवाफ आइसकेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




