सन् २०२६ नजिकिँदै गर्दा अमेरिकामा आर्थिक दबाबले बढायो चिन्ता
सन् २०२६ को पूर्वसन्ध्यामा अमेरिकी नागरिकहरू आर्थिक मन्दी, बढ्दो लागत र राजनीतिक अस्थिरताका कारण अन्योलमा छन् । आन्तरिक रूपमा महँगी र वाह्य रूपमा व्यापारिक विवाद तथा भू–राजनीतिक तनावले जनमानसमा चिन्ता थपेको छ। सन् २०२६ नजिकिँदै गर्दा आन्तरिक र वाह्य चुनौतीहरूका बीच अमेरिकीहरू चिन्तित देखिएका छन्।
आन्तरिक रूपमा, आवास, खाद्यान्न र उपयोगिता जस्ता दैनिक लागतहरूमा बढ्दो दबाब महशुस भइरहेको छ भने श्रम बजार सुस्त बनेको छ । जसमा बेरोजगारी दर बढ्दो छ र भर्ना प्रक्रिया सुस्त छ ।
एनबीसीको हालैको रिपोर्ट अनुसार आर्थिक चिन्ताका बीच सन् २०२५ मा राष्ट्रपति ट्रम्पको अनुमोदन रेटिङमा सामान्य गिरावट आएको छ । पछिल्लो सर्वेक्षणले उनको अनुमोदन रेटिङ ४२ प्रतिशत देखाएको छ।
जुन अप्रिलको तुलनामा तीन प्रतिशतले कम हो । रिपोर्टकाअनुसार अमेरिकीहरू मुद्रास्फीति र जीवनयापनको लागतलाई लिएर अझै पनि चिन्तित छन् । सन् २०२५ को अन्त्यसम्ममा अफोर्डेबल केयर एक्ट अन्तर्गतको थप अनुदान समाप्त हुने तय भएको छ । रेकर्ड समयसम्म चलेको सरकारी कामकाज बन्दका क्रममा यस विषयमा दलहरूबीच तिब्र प्रतिष्पर्धा भएपनि हालका हप्ताहरूमा कुनै प्रगति देखिएको छैन।
यसको अर्थ नयाँ वर्षमा २ करोडभन्दा बढी मानिसले आफ्नो स्वास्थ्य बीमा प्रिमियममा भारी वृद्धिको सामना गर्नुपर्नेछ । यसैबीच कंग्रेसको कार्यशैलीले धेरै अमेरिकीहरूलाई निराश बनाएको छ । ग्यालपको हालैको सर्वेक्षणअनुसार कंग्रेसप्रति अमेरिकीहरूको अनुमोदन दर घटेर १५ प्रतिशतमा झरेको छ । सन् २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा दुई दलबीचको लडाइँ अझ उग्र हुने देखिन्छ।
वाह्य रूपमा अमेरिकीहरूले धेरै व्यापारिक साझेदारहरूसँगको व्यापार विवाद, भेनेजुएलासँगको बढ्दो तनाव र व्यापक भू–राजनीतिक घर्षण लगायतका विश्वव्यापी चुनौतीहरूको सामना गरिरहेका छन् । जसले सन् २०२६ नजिकिँदै गर्दा अनिश्चितता बढाएको छ।
प्यू रिसर्च सेन्टरको अघिल्लो सर्वेक्षणअनुसार ६१ प्रतिशत अमेरिकीहरूले अमेरिकी व्यापारिक साझेदारहरूबाट आयात गरिने सामानहरूमा ट्रम्प प्रशासनले बढाएको भन्सार शुल्कप्रति असहमति जनाएका छन्।
भेनेजुएलाको सन्दर्भमा, सीबीएसको हालैको सर्वेक्षण अनुसार केवल १३ प्रतिशत अमेरिकीहरूले यो दक्षिण अमेरिकी देश संयुक्त राज्य अमेरिकाका लागि ठूलो खतरा भएको विश्वास गर्छन् । सर्वेक्षणमा सहभागी ७० प्रतिशतले भेनेजुएलासँगको युद्धको विपक्षमा रहेको बताएका छन्।
यस्तो पृष्ठभूमिमा धेरै अमेरिकीहरू अनिश्चित आर्थिक परिदृश्य, बढ्दो दलीय संघर्ष र अन्तर्राष्ट्रिय द्वन्द्वको जोखिमलाई लिएर चिन्तित छन् । जसले उनीहरूलाई सन् २०२६ कस्तो हुनेछ भन्ने विषयमा सशंकित बनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




