राजनीति

१५औं महाधिवेशनमा कांग्रेस महामन्त्रीमा लड्ने प्रदीप पौडेलको घोषणा

काठमाडौं।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभएको छ।

बिहीबार काठमाडौँको धुम्बाराहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आसन्न महाधिवेशनमा आफू महामन्त्रीभन्दा तल र त्यसभन्दा माथिको पदमा उम्मेदवारी दिने तयारी नगरेको बताउनुभयो।

‘१४औं महाधिवेशनमा महामन्त्रीमा विजयी हुन सकिनँ । १५औं महाधिवेशनमा म महामन्त्रीभन्दा तल र माथिको पदमा उम्मेदवारी दिने तयारीमा छैन । महामन्त्रीकै तयारीमा लागेको छु’ उहाँले भन्नुभयो ।

उहाँले आफू यही समूहको महामन्त्रीको उम्मेदवार हुने भन्ने खुलाउनुभयो। ‘महामन्त्री नै लड्ने भएपछि सभापतिकै सेट मिलाएर पक्कै लडिन्छ,’ उहाँले भन्नुभयो, ‘तर, अहिले नै यो समूहबाट लड्ने भन्ने टुंगो लागिसकेको छैन ।’

पौडेलले समय अभाव भन्दै महाधिवेशन पर धकेल्ने काम गरिएको पनि आरोप लगाउनुभयो। ‘अहिले समय अभाव भनेर लम्ब्याउने प्रपञ्च गरियो,’ उहाँले भन्नुभयो, ‘यसमा मुख्य नेतृत्वको दोष छ।´

सम्बन्धित समाचार

सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने

सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने

काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कानुनी प्रक्रियाको पालना गर्दै गतिविधि अघि बढाउन सरकारलाई खबरदारी गरेको छ । काठमाडौं। नेकपा...

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी...

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न...