कति छ काठमाडौंको तापक्रम?
काठमाडौं । सुरुवाती मापनमा आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बिहीबार) को भन्दा २.१ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो बेला उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।
बिहीबार दोस्रोपटक बिहान ८:४५ बजे मापन गर्दा पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस नै कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ भने बिहान ५:४५ बजेकै कायम रहन पनि सक्छ।
मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। न्यूनतम तापक्रम घट्नुको अर्थ बिहान चिसो बढ्नु हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...
आज चैते दसैँ मनाइँदै
काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...
पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात
काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...




