राजनीति

रास्वपासँग एकता गर्न तयार बालेन, रविपछिको वरीयतामा

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गर्न तयार भएका छन्। केहीदिनदेखिको निरन्तर छलफलले बालेन-रवि सहकार्य निर्णायक मोडमा पुगेको हो। अहिले आगामी चुनावमा मिलेर जानका लागि गठन गरेको कार्यदलको निर्णायक बैठक बसिरहेको छ।

दुवै पक्षबीच हुने सम्झौताको ‘ड्राफ्ट’ बनाउनका लागि कार्यदल जुटिरहेको बालेन निकट एक नेताले जानकारी दिए। ‘आज सम्झौताको ड्राफ्ट फाइनल गर्नका लागि कार्यदल छलफलमा छ,’ ति नेताले भने, ‘आजै हस्ताक्षर होला वा नहोला, घोषणा गरिनहालौंँ।’

सम्झौताको ड्राफ्ट बनाउने कार्यदलमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह, कुमार ब्यञ्जनकार हुनुहुन्छ। ती नेताका अनुसार, अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेले बालेनलाई आफूभन्दा पछाडिको वरीयता दिन तयार रहेको सन्देश पठाएका छन्।

‘बालेनलाई पार्टीको दोस्रो वरीयता र आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेवार प्रोजेक्ट गरेर जाने लगभग निश्चित जस्तै देखिन्छ। यदि प्राविधिक कार्यले नरोकिए यसै सेरोफेरोमा सहमति हुनेछ,’ उनले भने।

बालेन र रविबीच यसअघि भएका वार्तामा पनि बालेनले आफूलाई आउँदो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार ‘प्रोजेक्ट’ गरेर जानुपर्ने शर्त राख्दै आएका थिए। सोमबार भएको दुवै जनाको भेटवार्तामा रास्वपाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे मात्रै मिल्न सकिने बताएका थिए।

‘रास्वपाका सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँट सम्मानजनक हुनुपर्छ भन्नुको अर्थ आउने चुनावमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार हुनुपर्छ भन्ने हो, प्रधानमन्त्रीको उम्मेदवार हाम्रो बटमलाइन हो,’ सोमबारको भेटपछि बालेनका एक सहयोगीले भनेका थिए, ‘यदि भएन भने देशविकास पार्टीलाई अगाडि लाने हो, त्यही अनुसार तयारी अघि बढिसक्यो।’

त्यसपछि बुधबार बालेनले ज्वागलस्थित सहयोगी कुमार ब्यञ्जनकारको घरमा विभिन्न दलका नेतासँग भेटवार्ता गरेका थिए। त्यसक्रममा बालेनले रास्वपा सभापति लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई भेटेका थिए।

सम्बन्धित समाचार

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

मनाङे रिहा

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

काठमाडौं।  प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ अंकगणित गणित लगभग टुंगो लागेको छ। प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट...