अन्तत: रवि, बालेन र कुलमान एकै पार्टीमा, शनिबार एकता
काठमाडौं। रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै पार्टी बनाउन सहमत हुनुभएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना शक्तिहरूलाई विस्थापित गर्न नयाँ शक्तिबीच एउटै फोर्स निर्माणको छलफल अन्तिम चरणमा पुगेको एक नेताले जानकारी दिए
‘भोलिसम्ममा ठोस परिणाम देखिनेछ। रवि, बालेन र कुलमानको एउटै पार्टी हुनेछ,’ तीन नेताबीचको छलफलमा सहभागी एक नेताले भने, ‘यो चुनावी एलाइन्स मात्र हुने छैन, पार्टी नै एक हुनेगरि हामी छलफल गरिरहेका छौँ। अब त्यो छलफल अन्तिम चरणमा पुग्न लागेको छ।’
यस विषयमा मेयर बालेन र मन्त्री घिसिङबीच हिजो राति डेढ बजेसम्म छलफल भएको थियो। त्यो छलफलमा धेरै विषय क्लियर भएको ती नेताले बताए। तीन नेताबीच आज पनि छलफल हुने उनले बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...
मनाङे रिहा
काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...
समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या
काठमाडौं। प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ अंकगणित गणित लगभग टुंगो लागेको छ। प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट...




