कांग्रेसका पदाधिकारी नै चुनाव नलड्ने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गर्नुभएको छ।
कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने हुनुभएको हो। महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले निर्वाचन नलड्ने निर्णय सार्वजनिक रूपमा घोषणा गरिसक्नुभएको हो।
महामन्त्री थापाले भने बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीको नेतृत्व परिवर्तन नभएसम्म निर्वाचन नलड्ने स्पष्ट पार्नुभएको छ। एक पदाधिकारीका अनुसार थापाले बैठकमा भनेका थिए, “चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने म चुनावमा जान सक्दिनँ । नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने अरू लड्नुस्, म चाहिँ लड्दिनँ ।” उनका अनुसार पार्टी नेतृत्व परिवर्तन भएमा मात्र उनी निर्वाचनमा सहभागी हुनेछन् । हाल तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने पार्टी नेतृत्व परिवर्तन भए पनि यसपटकको निर्वाचन नलड्ने स्वघोषणा गर्नुभएको छ । कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार भइसकेकाले पुरानो राजनीतिक प्रवृत्ति तोड्न यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको जानकारी गराएका थिए । “लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक आफू उम्मेदवार नबनी अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै राखेर आएको छु,” उहाँले बैठकमा बताउनुभएको छ।
उहाँले शक्तिको भरमा बारम्बार उम्मेदवार बन्ने, जितेपछि मात्र होइन हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा उम्मेदवारी दिने र जीवनभर पदमा टिकिरहने प्रवृत्ति अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
यसअघि सहमहामन्त्री बद्री पाण्डेले पनि गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरिसक्नुभएको छ। २६ मंसिरमा बसेको जिल्ला कार्यसमिति बैठकमा उहाँले आफू उम्मेदवार बन्न इच्छुक नरहेको जानकारी दिनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...
ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...
ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...




