राजनीति

रेशम-रञ्जिता : पहिले छुटे, अब एकता

काठमाडौँ । रञ्जिता श्रेष्ठ अध्यक्ष रहनुभएको नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपा र नाउपा नेपालबिच शनिबार पार्टी एकताको कार्यक्रम रहेको जानकारी दिनुभयो ।

श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक विवाद भएपछि चौधरी संरक्षणक रहने गरी नागरिक उन्मुक्ति पार्टी नेपाल गठन भएको थियो ।

चौधरी संरक्षक रहेको नाउपा नेपालको अध्यक्ष कविर सोब हुनुहुन्छ ।

किन फुटे?

४ महिना अगाडि राजनीतिक यात्रामा छुट्टिउनुभएका दम्पत्ति रेशम चौधरी र रञ्जिता श्रेष्ठको पुनर्मिलन हुने भएको छ । उहाँहरूले नेतृत्व गरेको पार्टीबीच भोलि एकता हुन लागेको हो ।

भोलि दिउँसो १ बजे नाउपा नेपाल कार्यालय सिनामंगलमा पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ । रेशम चौधरी जेलमा रहेको बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो ।

छोटो समयमा स्थानीय तह प्रदेश र प्रतिनिधि सभामा राम्रो नतिजा ल्याएको पार्टी पछिल्लो समय दम्पती विवादका कारण सुस्त बनेको थियो ।

टिकापुरका सम्पन्न पहिलो महाधिवेशनबाट रन्जितालाई हटाउँदै रेशम आफै अध्यक्ष भएपछि नाउपाको विवाद उत्कर्षमा पुगेको थियो । त्यसको करिब २ वर्षपछि भदौ २९ गते रेशम चौधरीले नाउपाबाट अलग भएको घोषणा गर्दै नाउपा नेपाल दर्ता गराउनुभएको थियो।

कात्तिक २ गते कबीर सोबको अध्यक्षतामा गठन गरिएको नाउपा नेपालसँग भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले बताउनुभयो।

पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष रञ्जिता श्रेष्ठले विगतको विभाजनलाई ‘पार्टी फुटाएको’ अर्थमा बुझ्न नहुने तर्क गर्नुभयो। उहाँले रेशम चौधरीले रहरले नभई आफ्नो राजनीतिक अस्तित्व रक्षाका लागि बाध्य भएर नयाँ दल खोलेको बताउनुभयो।

‘उहाँ (रेशम) नागरिक उन्मुक्ति पार्टीबाट छुट्टिएर जानुभएको थिएन, आफ्नो अस्तित्व बचाउनका लागि अर्को पार्टी खोल्नुभएको थियो,’ रञ्जिताले भन्नुभयो, ‘आखिर एउटै पार्टीका साथीहरू भिन्न–भिन्न बाटोमा हिँड्नुभन्दा एक भएर जानु नै राम्रो हुन्छ भन्ने महसुस मलाई पनि लाग्यो र उहाँलाई पनि लाग्यो ।’ विगतको तितो बिर्सेर एक ठाउँमा आउनुको मुख्य कारण संगठन विस्तारमा देखिएको बाधा पनि भएको उहाँले बताउनुभयो।

‘नयाँ परिस्थितिमा नागरिक उन्मुक्तिलाई पहाड उकाल्न सकिएन, संगठन विस्तार हुन सकेन,’ उहाँले भन्नुभयो, ‘त्यसैले पहिलेदेखिकै विचार अनुसार मिलेरै जाऔं भन्ने निष्कर्षमा पुगेका हौँ ।’

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...