क्यालिफोर्नियामा भीषण हिउँदे आँधीका कारण चार जनाको मृत्यु, ६ काउन्टीमा संकटकाल घोषणा
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रिसमस बिदाको साता आएको शक्तिशाली हिउँदे आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । आँधीका कारण चार जनाको ज्यान गएको छ भने गभर्नरले प्रभावित क्षेत्रमा संकटकाल घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रिसमस बिदाको साता आएको शक्तिशाली हिउँदे आँधीले व्यापक क्षति पु¥याएको छ ।
अधिकारीहरूकाअनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै गभर्नर गेभिन न्युसमले लस एन्जलस, ओरेन्ज, रिभरसाइड, सान बर्नार्डिनो, सान डिएगो र शास्ता काउन्टीमा संकटकाल घोषणा गरेका छन् । यस कानूनी घोषणाले राज्य सरकारलाई थप स्रोत परिचालन गर्न र संघीय सहायता प्राप्त गर्न सहज बनाउनेछ ।
मृत्यु हुनेहरूमा सान डिएगोमा २३ मिटर अग्लो रुख ढलेर थिचिएका ६४ वर्षीय पुरुष, मेन्डोकिनो काउन्टीमा समुन्द्री लहरले बगाएकी ७० वर्षीया वृद्धा, रेडिङमा बाढीमा फसेका सवारी चालक र सेक्रामेन्टोमा मौसमजन्य दुर्घटनामा परेका एक प्रहरी अधिकारी रहेका छन् । आँधीका कारण बुधवार रातिसम्म १ लाख ४० हजार ग्राहकको विद्युत सेवा अवरुद्ध भएको थियो भने अझै ९२ हजारभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य छन् । सिएरा नेभाडा पहाडमा १।८ मिटरसम्म हिमपात हुने र १४५ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने पूर्वानुमान गरिएको छ । अधिकारीहरूले सर्वसाधारणलाई पहाडी क्षेत्रमा यात्रा नगर्न र डढेलो प्रभावित क्षेत्रबाट टाढै रहन आग्रह गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




