समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरेको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको जनाएको छ ।
सोही कार्यक्रमअनुसार राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची माघ १३ र १४ गते दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयभित्र आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ ले तोकेको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी मात्र उम्मेदवारको बन्दसूची तयार गर्नुपर्नेछ ।
निर्वाचन आयोगले निर्धारित समयसीमाभित्र मात्र बन्दसूची पेस गर्न आग्रह गर्दै समयपछि पेस गरिने बन्दसूची स्वीकार नहुने स्पष्ट पारेको छ । साथै राजनीतिक दलहरूले निर्वाचन कार्यक्रमअनुसार तयार गरेको बन्दसूची पेस गरिएको वा पेस नगरिएको विषयमा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नसमेत आयोगले अनुरोध गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




