राजनीति

रास्वपासँग तत्काल एकता सम्भव नरहेको कुलमानको बिफ्रिङ

काठमाडौं। उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव अस्वीकार गरेको छ । आज बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको थप संवादका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

आजको बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो । आज दिउँसो १ बजेदेखि बसेको बैठकमा उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले सो प्रस्तावबारे ब्रिफिङ गर्नुभएको थियो।  बैठकमा उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकालिएको थियो ।

रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गर्नुभएको थियो।

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...