राजनीति

फागुन २१ का लागि ९६ लाख ६३ हजार ३५८ मतदाता सहभागी हुने, १० हजार ९६७ मतदान केन्द्र

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्नुभएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।’

प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएको उल्लेख छ। गएको निर्वाचन भन्दा १५ ले मतदाताको संख्या वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनको लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...