कला

सलमानले जन्मदिनमा सार्वजनिक गरे ‘ब्याटल अफ गलवान’ को टिजर

काठमाडौै। बलिउड अभिनेता सलमान खानले आफ्नो ६० औं जन्मदिनको अवसरमा आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक गरेका छन्।

उनले शनिबार आफ्नो जन्मदिनमा फिल्मको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गर्दैै फ्यान तथा प्रशंसकलाई उपहार दिएका हुन्।

टिजरमा सलमानलाई मात्रै देख्न सकिन्छ। उनी एक भारतीय सेनाको अफिसरको भूमिकामा देखिएका छन्। पहाडी युद्धभूमिको दृश्य देखिने टिजरले ऊर्जा र देशभक्तिको भावनात्मक प्रस्तुति दिन्छ। सलमानको चरित्रलाई युद्धभूमिमा दृढ उर्जा र प्रतिबद्धतासहित प्रस्तुत गरिएको छ।

अपूर्व लाखिया निर्देशित फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ। यसमा नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय छ।

सलमान खान फिल्मस्को प्रस्तुति ‘ब्याटल अफ गलवान’ निर्माण घोषणादेखि नै चर्चामा छ। यसको प्रदर्शन सन् २०२६ को अप्रिल १७ मा हुने तालिका तय छ।

https://www.youtube.com/watch?v=WWthtnGbxUM&t=2s

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...