राजनीति

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गर्नुभएको छ।

‘भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो ।’ उहाँले सामाजिक संजालमा लेख्नुभएको छ, ‘अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।’ पोखरेलले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्ने आवश्यक समेत औंल्याउनुभएको छ। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्ने उहाँको मत छ ।

भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको भन्दै पोखरेलले त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको दाबी गर्नुभएको छ। त्यतिबेलाका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको उहाँको भनाइ छ। रवि(बालेनबीच सात बुँदे राजनीतिक सहमति भएपछि पोखरेलको यस्तो अभिव्यक्ति आएको हो।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...