राजनीति

पम्फा भुसाल चुनाव नलड्ने, समानुपातिकमा पनि नबस्ने

काठमाडौँ। नेकपाको सचिवालय सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभामा सदस्य निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार नहुने घोषणा गर्नुभएको छ।

ललितपुर-३ सहित देशका विभिन्न क्षेत्रबाट उम्मेदवार बन्न आएको प्रस्तावलाई धन्यवाद दिँदै भुसालले आइतबार सामाजिक सञ्जालमार्फत उम्मेदवार नहुने घोषणा गर्नुभएको हो।

‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन। प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद,’ भुसालले लेख्नुभएको छ‘तत्कालीन माओवादीको तर्फबाट दुईपटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ। त्यसमाथि पनि काठमाडौँ उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चिउरा चपाउनु जस्तै हो। आगामी निर्वाचनमा उठ्नेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्। यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’

पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेकोले अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ। यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्ने लेखेकी छन्। ‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,’ भुसालको भनाइ छ।

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...