कुलमानको उज्यालो नेपाल र जनार्दननिकट प्रलोपाबीच एकताको तयारी
काठमाडौं। ऊर्जा, भौतिक र शहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा खुलेको उज्यालो नेपाल पार्टी र तत्कालीन माओवादी नेता बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती, सन्तोष परियार लगायतको पहलमा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकता हुने भएको छ ।
स्रोतका अनुसार आइतबार भएको वार्तामा एकीकृत पार्टीको भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घिसिङलाई अघि सार्ने सहमति भएको छ ।
यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, रास्वपामा विलय हुने गरी नजाने निर्णय गरेको थियो । शनिबार कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो, जसमा कुलमान आफैले रास्वपाको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ।
शनिबार दिउँसो १ बजेदेखि साझ ५ बजेसम्म बौद्धको एक होटलमा बसेको उज्यालो पार्टीको बैठका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले रास्वपाको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको थियो। घिसिङले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव आएको जानकारी दिनुभएको थियो । तर बैठकले यो प्रस्तावलाई अस्वीकार गर्यो ।
शनिबार राती अबेरसम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि घिसिङले वार्ता गर्नुभएको थियो। राति ७ बजेदेखि शाह र घिसिङविच भइरहेको वार्तामा रास्वपाका सभापति रवि लामिछाने पनि मिसिनु भएको थिएन । तर अन्तिममा रवि र शाहविच एकता भएपनि घिसिङसँग कुरा मिल्न सकेन ।
त्यस लगत्तै आयतबार प्रगतिशील लोकतान्त्रिक पार्टीसँग वार्ता भएको थियो । प्रलोपाका एक नेताका अनुसार दुई दलका प्रतिनिधिबीच आजै दुई चरणमा छलफल भएको छ । छलफलमा भावी प्रधानमन्त्री घिसिङलाई अघि सार्ने सहमति भएको ती नेताको भनाई छ । ‘सम्भवत आजै निर्णय हुनेछ’ ती नेताले भने ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




