अर्थ

प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । मनोहर माध्यमिक विद्यालय, काठमाडौँका तत्कालीन प्रधानाध्यापक प्राचार्य वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उक्त विद्यालयको दबन्दीमा शिक्षक नियुक्ति गर्दा प्रचलित कानुन विपरीत उमेरले समेत ४० वर्ष पुरा भइसकेकी कल्पना पनेरुलाई नियुक्ति गरिएको छ ।

आयोगका अनुसार पनेरुले मिति २०६० मङ्सिर ११ गतेदेखि प्राथमिक विद्यालय शिक्षक अस्थायी पदमा नियुक्ति लिइ जिल्ला शिक्षा कार्यालय, काठमाडौँको मिति २०६९ मङ्सिर १ को पत्रबमोजिम श्री रत्नराज्य माध्यमिक विद्यालय रामकोटबाट श्री मनोहर माध्यमिक विद्यालय, गोंगबुमा निजको काज सरुवा भएको देखिएको छ ।

अस्थायी शिक्षकलाई यसरी काज सरुवा गर्ने कार्य आफैंमा नियमित अभ्यास नभइ काज सरुवा हुने शिक्षिका पनेरु र काज सरुवाका लागि सहमति दिन भूमिका निर्वाह गर्ने सो विद्यालयका तत्कालीन प्रधानाध्यापक अधिकारीको सङ्लग्नता रहेको देखिएको आयोगले जनाएको छ ।

पनेरुलाई मिति २०७१ साउन २८ गतेदेखि ‘प्लस टु’ को अनुदान दरबन्दीमा नियुक्ति दिने निर्णय गरियो भन्ने व्यहोरा उक्त निर्णयको अन्तिममा थप गरे, गराएको, उक्त निर्णयमा पछिबाट सुटुकक थप गर्दा टिपेक्स लगाएर निर्णयमा सच्याई, केरमेट गरी, थपघट केरमेट हेरफेर गरेको सक्कल निर्णय पुस्तकबाट देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सजायको मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...