राजनीति

जाँचबुझ आयोगलाई आज बयान दिँदै रमेश लेखक

काठमाडौँ। पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने हुनुभएको छ। आयोगले सोधपुछका लागि बोलाएपछि उहाँ सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लाग्नुभएको हो।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो।

सोही प्रक्रियालाई निरन्तरता दिँदै उहाँ सोमबार आयोगको टोलीसमक्ष आफूसँग भएको जानकारी र सो घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जान लागेको उहाँको सचिवालयले पुष्टि गरेको छ।

सम्बन्धित समाचार

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने...

संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल

संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल

काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै...

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। धनुषाको जनकपुरधाममा वृहत आमसभा गर्दै कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।...

ऋषि कट्टेल पक्राउ

ऋषि कट्टेल पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ पर्नुभएको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध...