राजनीति

पर्यटनलाई उद्योग भनेका छौँ तर सुविधा दिएका छैनौँः पर्यटनमन्त्री सिन्हा

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ। सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानुनले नदिएको उल्लेख गर्नुभयो। यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरुले होटलहरु खचाखच भरिएको बताउनुभयो।

आन्तिरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उहाँको उहाँको भनाई छ । पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिन आग्रह गरेको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजोआज ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटनकहरुले होटलहरु खचाखच भरिएको अवस्था छ । अहिले आन्तिरिक पर्यटनलाई अलिकति सुविधाजनक बनाइदिने हो भने जस्तो कर्पोरेट सोसल रेस्पोन्सिलिटी अन्तर्गत पारेर आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिने हो भने त्यसले हामीलाई धेरै हदसम्म सहयोग पनि हुन्थ्यो भनेर पर्यटक व्यवसायीहरुले आफ्नो कुरा राख्नुभएको छ। अहिले हामी पर्यटन उद्योग भनेर भनेका छौँ तर उद्योगको रुपमा पाउनुपर्ने औधोगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई दिएको देखिएको छैन। यो हामीसँग भएको कानूनले।’
उहाँले पर्यटन क्षेत्रका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत विधेयक ल्याउने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिनुभयो। – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न...