Breaking News

कुलमान घिसिङ पनि रास्वपामा जोडिने सम्भावना

काठमाडौं। वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ पनि रास्वपामा जोडिने सम्भावना बढेको छ ।

रास्वपा सभापति रवि लामिछाने, हालै सो पार्टीमा समाहित भएका बानेन्द्र साह र कुलमानबीच काठमाडौंमा सोमबार अपराह्नदेखि जारी वार्ता सहमतितर्फ अगाडि बढेको हो ।

अहिले सहमतिको ड्राफ्ट बनाउने काम भइरहेको रास्वपा उच्च स्रोतले  जानकारी दियो । यसअघि कुलमानले ‘हाई डिमान्ड’ गरेपछि सहमति जुट्न सकेको थिएन।

समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार अपराह्नदेखि शुरू भएको वार्ता सकारात्मक बनेको हो । हामी नेपालका सुधन गुरुङ लगायतको समूह कुलमानलाई सामेल गर्न दबाबका लागि रास्वपाको केन्द्रीय कार्यालय पुगेको थियो ।

कुलमानसँग वार्ता गर्नुपर्ने भएपछि रवि पार्टीको बैठक छाडेर बाहिरिनु भएको  थियोे ।

कुलमानलाई पनि सुधनकै समूहले गाडीमा राखेर वार्ता स्थलमा पुर्‍याएको थियो ।

गुरुङले कुलमानसँग सहमति हुँदै गरेको फेसबूकमा पनि लेखेका छन् ।

‘​मिलाएरै छोडिम्, र इतिहासले सम्झनेछ । रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्,’ गुरुङले फेसबूकमा लेखेका छन् ।

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...