विदेश अध्ययन

इक्यानको २०औँ वार्षिक साधारण सभा पुस २८ मा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्नो २०औँ वार्षिक साधारण सभा  पुस २८ गते (आइतबार) काठमाडौं गर्ने भएको छ।

शैक्षिक परामर्शदाताको सबैभन्दा ठूलो संस्था इक्यानले गैरीधारा स्थित एलिस रिसेप्सन  २० औं साधरणसभा गर्ने जनाएको छ।  साधरण सभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्वका लागि लभिङ सुरु भइसकेको छ।

साधारण सभामा महासचिवद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिने, कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन पेश हुने, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षणकर्ता नियुक्ति, केन्द्रीय कार्यसमितिको निर्वाचन लगायतका एजेन्डामा छलफल तथा निर्णय हुने कार्यक्रम रहेको छ।

इक्यानले साधारण सभामा सहभागी हुन चाहने सदस्यहरूका लागि आर्थिक वर्ष २०८२/८३ को सदस्यता नवीकरण अनिवार्य गरिएको जनाएको छ। सदस्यता नवीकरणको अन्तिम म्याद पुस १८ गते (शुक्रबार) तोकिएको छ। तोकिएको मितिभित्र नवीकरण नगरेका सदस्यहरूले साधारण सभामा सहभागी हुन तथा मताधिकार प्रयोग गर्न नपाउने संघले स्पष्ट पारेको छ।

सदस्यता नवीकरणका लागि कुल शुल्क १२ हजार रुपैयाँ (नवीकरण शुल्क तथा जरिवाना सहित) निर्धारण गरिएको छ। नवीकरण प्रक्रिया तथा साधारण सभासम्बन्धी थप जानकारीका लागि इक्यानको केन्द्रीय सचिवालयसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

इक्यानले सम्पूर्ण नवीकृत सदस्यहरूलाई साधारण सभामा उपस्थित भई संघको भावी दिशा निर्धारणमा योगदान दिन आग्रह गरेको छ।

सम्बन्धित समाचार

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification)  र भिसा आवेदन  पाउँदा...

कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप

कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप

काठमाडौं। नेपालस्थित कोरियन दूतावासले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफाइ)का लागि कोटा थप गरेको छ।...

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...