प्रहरीका लुटिएका हतियार अपराधिका हातमा रहुन्जेल भयरहित चुनाव हुँदैन : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिले पनि प्रहरीका लुटिएका हतियार अपराधिका हातमा रहेका बताउनुभएको छ । मंगलबार नवलपुरमा आयोजित एक श्रद्धाञ्जली सभामा बोल्दै गुरुङले अझै पनि सरकारले लुटिएका हतियार फिर्ता लिन नसकेको बताउनुभयो । अपराधीको हातमा परेको हतियार फिर्ता नभएसम्म भयरहित वातावरणमा निर्वाचन हुन नसक्ने गुरुङले बताउनुभयो । ‘अपराधीको हातमा रहेका हतियार निर्वाचनको लागि सबैभन्दा बढी चुनौती छ’, उहाँले भन्नुभयो ।
अपराधीको हातमा भएको बन्दुकबाट कुनै पनि पार्टीका उम्मेदवार, पार्टीका नेता वा प्रतिनिधिहरू मारिन सक्ने उहाँले बताउनुभयो । ‘जबसम्म जनताहरूले भयरहित वातावरणमा मतदान स्थलमा पुग्ने वातावरण बन्दैन, उम्मेदवारहरूले भयरहित वातावरणमा चुनाव प्रचार गर्ने वातावरण बन्दैन, तबसम्म चुनाव हुन सक्दैन’, उहाँले भन्नुभयो ।
आफूहरू चुनावबाट भागेको नभई चुनावको वातावरण बन्नु पर्छ भन्ने पक्षमा रहेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा संसद् पुनर्स्थापना आवश्यक रहेको उहाँले बताउनुभयो । संसद् पुनर्स्थापना भयो भने संविधान लिकमा आउने उहाँको धारणा छ । यसको लागि पनि संसद् पुनर्स्थापना आवश्यक छ भनेर आफूहरूले भनेको गुरुङले बताउनभयो ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...
बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते
बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...




