चीनद्वारा नयाँ भू–उपग्रह टियानहुई–७ सफलतापूर्वक प्रक्षेपण
चीनले मंगलवार उत्तर–पश्चिमी क्षेत्रमा अवस्थित जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट एउटा नयाँ भू–उपग्रह अन्तरिक्षमा पठाएको छ ।
बेइजिङ समयअनुसार दिउँसो १२ः१२ बजे लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ’टियानहुई–७’ भू–उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ ।
यस भू–उपग्रहको प्राथमिक प्रयोग भौगोलिक नक्शाङ्कन, भूमि संशाधन सर्वेक्षण र वैज्ञानिक अनुसन्धान जस्ता कार्यहरूमा गरिने बताइएको छ । यो सफल प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ६२२ औँ उडान मिशन हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




