कांग्रेसले गर्यो वैशाखमै महाधिवेशन गर्ने निर्णय, भन्यो : विशेष महाधिवेशनको च्याप्टर क्लोज भयो
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशको औचित्य सकिएको निर्णय गरेको छ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकको पहिलो निर्णयमा १५औँ महाधिवेशनको कार्यतालिका आएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको जनाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले बहुमतबाट निर्णय गरेको थियो।
कांग्रेसको निर्णयमा भनिएको छ, ‘नियमित १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ।’
नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले विशेष महाधिवेशन आवश्यक नभएको कांग्रेस कार्यसम्पादन समितिको ठहर छ। यससँगै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाइसकिएको र सबै निर्वाचनमा केन्द्रित भएकाले पनि विशेष महाधिवेशन आवयश्क नभएको कांग्रेसले जनाएको छ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकले नेता तथा कार्यकर्तालाई चुनावमा केन्द्रित हुन अपील गरेको छ। बैठकको निर्णयमा भनिएके छ, ‘सबै सांगठनिक संरचनामा आवद्ध सदस्य साथीहरू व्यापक परिचालित भई घोषित निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा बहुमत दिलाउन क्रियाशील रहन नेपाली कांग्रेस हार्दिक अपील गर्दछ।’
ताजा अपडेट
-
१.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
-
२.
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
-
५.
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...
प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने
काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
सुर्खेत । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले...




