इक्यानको नेतृत्वका लागि पौडेल र भूषाल प्यानलसहित मैदानमा
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधरणसभा यही पुष २८ गते काठमाडौंमा हुँदैछ। शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संस्थाहरुको सबैभन्दा ठूलो संस्थाको नेतृत्वमा आकांक्षीहरुको धमाधम उम्मेदावरी घोषणा भइरहेको छ।
इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) र महासचिव दिपकराज भुषालले उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ। पौडेल हाल इक्यानको प्रथम उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ भने भूषाल दोस्रो कार्यकालका लागि महासचिव हुनुहुन्छ।
अध्यक्षका दावेदार दुबैजना लामो समयदेखि शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा स्थापित नाम हुन्। भूषाल र पौडेल
देशभरका परामर्शदाताको चाहनामा मेरो उम्मेदवारी: भूषाल
दुई कार्यकाल महासचिवको जिम्बेवारी कुशलतापूर्वक पूरा गर्नुभएका भूषालले आफ्नो उम्मेदवारी देशभरका परामर्शदाताको चाहना अनुसार भएको दाबी गर्नुभएको छ।
बागबजारस्थित इन्लाइटन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक समेत रहनुभएका भूषाल एक अनुभवी र व्यावहारिक परामर्शदाताको रूपमा परिचित हुनुहुन्छ।
भुषालले आफ्नो उम्मेदवारी सँगै संगठनलाई संस्थागत, प्रणालीमा आधारित र राज्यसँग सहकार्य गर्ने दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले एकद्वार दर्ता प्रणाली, तालिम संरचना, अनुसन्धान कक्ष, शाखा सशक्तीकरण र अन्तर्राष्ट्रिय गन्तव्यसम्बन्धी रणनीतिक पहल गर्ने बताउनुभएको छ।
भूषाललाई हालका अध्यक्ष शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पूर्व अध्यक्ष राजेन्द्र पाण्डे लगायतको समर्थन रहेको बताइएको छ।
को–को छन् भूषाल टिमका उम्मेदवार?
भूषाल टिममा हालसम्म उपाध्यमा बिकल्पराज पोख्रेल र रत्नराज भट्टराई, महासचिवमा भवनाथ हुमागाईँ, सचिवमा आशिक कार्की, सुरज सिलवाल, कोषाध्यक्ष उमा खड्का, सह- कोषाध्यक्ष गोबिन्द खनालको उम्मेदवारी टुंगो लागेको बताइएको छ।
त्यसैगरी भूषाल टिमबाट सदस्य पदका लागि अनन्त घिमिरे, अशोककुमार हाथी,सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव बन, कमल प्रसाद तिमिल्सिना, दामोदर शर्मा न्यौपानेले उम्मेदवारी दिने बताइएको छ।
व्यवसायीक स्वतन्त्रता र बजार प्रतिस्पर्धा मेरो प्रथामिकता: पौडेल
शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा एन्ड्रयु नामबाट परिचित पौडेलले प्रथम उपाध्यक्ष भएर काम गरेकाले आफू अध्यक्षको स्वभाविक दावेदार रहेको बताउनुभयो। ग्रेस इन्टरनेशनल कन्सल्टेन्सी सञ्चालक समेत रहनुभएका एन्ड्रयु लामो समयदेखि शैक्षिक परामर्श दाताका रुपमा काम गरिसकेको अनुभव भएकाले पेशाको हक हितका लागि आफूले काम गर्ने बताउनुभयो।
उहाँले सदस्यहरूको अधिकार, व्यवसायिक स्वतन्त्रता र बजार प्रतिस्पर्धालाई प्राथमिकतामा राख्दै संगठनभित्र नयाँ ऊर्जा र नेतृत्व शैली आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँले आफू नेतृत्वमा आए ईक्यानलाई अझ खुला, गतिशील र सदस्य मैत्री बनाउने प्रतिबद्धता जनाउनुभएको छ।
एन्ड्रयुले अध्यक्षमा उम्मेदवारीसंगै एक भिडियोमार्फत आफ्ना पाँच महत्त्वपूर्ण एजेन्डा सार्वजनिक गर्नभएको छ। उहाँको आफ्ना एजेन्डालाई ए-बि-सि-डि-इ (ABCDE) अवधारणाका रुपमा प्रस्तुत गर्नुभएको छ।
एन्ड्रयु पौडेलको टिमबाट पनि विभिन्न व्यक्तिहरुको उम्मेदवारी प्रस्तुत भइरहेको छ।पौडेलको टिमबाट उपाध्यक्षमा बासुदेव दाहाल र गीता सिवाकोटीले उम्मेदवारी दिने लगभग पक्का भएको छ भने अर्को एक उपाध्यक्षको उम्मेदवार टुंगिएको छैन।
त्यसैगरी महासचिवमा नवराज केसीले उम्मेदवार दिने तयारी गरेका गर्नुभएको छ भने सचिवमा भूपाल केसी र एलवी तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ। कोषाध्यक्षमा साधना पुडासैनीले उम्मेदवार बन्ने सार्वजनिक गर्नुभएको छ।
यता सहकोषाध्यक्षमा पौडेल प्यानलबाट शशिप्रसाद भट्टराईले उम्मेदवारी दिनुहुने भएको छ। भूषाल प्यानेलले कार्यसमिति सदस्यको पनि उम्मेदवारी टुंग्याउँदा पौडेल समूहबाट र अन्य केहीको व्यक्तिगत उम्मेदवारी नि पर्ने बुझिएको छ।
इक्यानको नयाँ कार्यसमितिका लागि अध्यक्ष सहित १८ पदका लागि प्रतिस्पर्धा हुनेछ। २१ जनाको कार्यसमिति रहने इक्यानमा एकजना निवर्तमान अध्यक्ष र दुई सदस्य मनोनित गर्ने प्रावधान छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन
काठमाडौ। सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...




