विदेश अध्ययन

अध्यक्षका उम्मेदवार लक्ष्मण पौडेलका यस्ता छन् एजेन्डा

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु)ले उम्मेदवारी घोषणा गर्नुभएको छ।   हाल इक्यानको प्रथम उपाध्यक्ष रहनुभएका पौडेलले इक्यानलाई बलियो बनाउनका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उम्मेदवारी घोषणासँगै उहाँले भिडियो मार्फत पाँच एजेन्डा प्रस्तुत गर्नुभएको छ।

यस्ता छन् एन्ड्रयुका पाँच एजेन्डा

 A (Advocacy & Accountability) अन्तर्गत इक्यानलाई नीतिगत वकालतमा सशक्त बनाउँदै संस्थाभित्र पारदर्शिता र जबाफदेहिता सुनिश्चित गरिनेछ।

B (Brotherhood, Business & Branding) मार्फत सदस्यहरूबिच भाइचारा मजबुत बनाइ व्यावसायिक वृद्धि र संस्थाको प्रभावकारी प्रचार–प्रसारमा जोड दिइने छ।

C (Comprehensive & Constructive) ले इक्यानलाई बृहत् र रचनात्मक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

D (Diplomacy & Dominance) अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कूटनीतिक सम्बन्ध विस्तार गर्दै इक्यानको प्रभाव र प्रभुत्व स्थापित गरिने छ।

E (Empowerment) मार्फत सदस्य परामर्श व्यवसायीहरूलाई क्षमता अभिवृद्धि, तालिम र अवसरमार्फत सशक्त बनाइने छ।

सो भिडियोमा उहाँले इक्यानलाई साझा, बलियो र नतिजामुखी संस्था बनाउने लक्ष्यसहित यी एजेन्डा अघि सारेको उल्लेख गर्दै आगामी निर्वाचनमा साथ दिन सबै सदस्यसँग अपिल समेत गर्नुभएको छ।

यही पुस २८ गते काठमाडौंमा हुने  २०औं साधारणसभाबाट इक्यानको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

सम्बन्धित समाचार

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification)  र भिसा आवेदन  पाउँदा...

कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप

कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप

काठमाडौं। नेपालस्थित कोरियन दूतावासले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफाइ)का लागि कोटा थप गरेको छ।...

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...