कार्यसमिति सदस्यमा अशोक हाथीको उम्मेदवारी [हाथीका प्रतिवद्धताहरू]
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कार्यसमिति सदस्यका लागि अशोक कुमार हाथीले उम्मेदवारी घोषणा गर्नुभएको छ। हाथी आगामी पुस २८ गते हुन लागेको इक्यानको २०औं साधरणसभामा अध्यक्षका उम्मेदवार दिपकराज भूषाल समूहबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
लामो समयदेखि शैक्षकि परामर्श तथा विभिन्न सामाजिक काममा आबद्ध हाथीले अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन लाग्ने बताउनुभयो।
उम्मेदवारी घोषणा गर्दै उहाँले भन्नुभएको छ, ‘इक्यानलाई अझ पारदर्शी, उत्तरदायी तथा परिवर्तित समयको माग बमोजिम सुदृढ र सशक्त संस्था बनाउने लक्ष्यका साथ, व्यावसायिक सुरक्षा, अनुशासन, पारदर्शिता तथा सम्मानित सदस्य ज्युहरुलाई सर्बोपरी प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।‘
उहाँले मतदाताबाट प्राप्त हुने विश्वास, सहयोग तथा अमूल्य मत मेरो कार्यदायित्व सफलतापूर्वक निर्वाह गर्न ठूलो प्रेरणा बन्नेछ विश्वास व्यक्त गर्नुभएको छ।

लामो समयदेखि काठमाडौंमा साईनअप इन्टरनेशनल एजुकेशन सञ्चालन गर्दै आउनुभएका हाथीका यस्ता छन् प्रतिबद्धता:
म अशोक कुमार हाथी, नेपाल शैक्षिक परामर्श संघ (ECAN) को केन्द्रिय कार्यसमिति सदस्यका लागि आगामी पुस २८ गते हुन लागेको ECAN को २०औं साधरणसभा मार्फत दिपकराज भूसाल समूहबाट उम्मेदवारी दिने घोषणा गरेको छु ।
बिगत लामो समयदेखि परामर्श क्षेत्रमा आबद्धता तथा पेशागत यात्रा रहे सँगै प्रत्यक्ष अप्रत्यक्ष रुपमा ECAN को मुल नेतृत्व सँगको सल्लाह सुझाब र सहकार्यमा परामर्श व्यावसायमा धरौटी, चिकित्सा शिक्षा आयोगबाट जारी हुने इलिजिबिलिटी, शिक्षा मन्त्रालय बाट जारी हुने एन ओ सी लाई सहज र सरल बनाउन समन्वयकारी भुमिका खेलेको तथा विभिन्न सामाजिक काममा आबद्ध रहदै प्राप्त अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन योगदान गर्ने छु ।
ECAN लाई अझ पारदर्शी, उत्तरदायी तथा परिवर्तित समयको माग बमोजिम सुदृढ र सशक्त संस्था बनाउने लक्ष्यका साथ, पेशागत हकहित, व्यावसायिक सुरक्षा, कानुनी सुरक्षा, अनुशासन, पारदर्शिता तथा सम्मानित सदस्य ज्युहरुलाई सर्बोपरी प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।‘
सम्मानित मतदाता सदस्य ज्युहरुबाट प्राप्त हुने विश्वास, सहयोग तथा अमूल्य मत मेरो कार्यदायित्व सफलतापूर्वक निर्वाह गर्न ठूलो प्रेरणाको श्रोत बन्ने विश्वास व्यक्त गर्दछु । धन्यवाद।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification) र भिसा आवेदन पाउँदा...
कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप
काठमाडौं। नेपालस्थित कोरियन दूतावासले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफाइ)का लागि कोटा थप गरेको छ।...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...
ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...




