इक्यानको महासचिवमा हुमागाईंको उम्मेदवारी
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को महासचिव पदका लागि भवनाथ हुमागाईंले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। हुमागाईंले आगामी पुस २८ गते हुन लागेको इक्यानको २०औं साधरणसभामा दिपकराज भूषालको टिमबाट महासचिवका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो।
हुमागाईँ हाल केन्द्रीय समितिको प्रथम सचिवको जिम्मेवारीमा रहँदै आउनुभएको छ। उहाँले इक्यानलाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७०० भन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको कारण आफूले उम्मेदवारी घोषणा गरेको दाबी गर्नुभएको छ।
अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन लाग्ने उनले उम्मेदवारी घोषणा रहेको उहाँको भनाइ छ।
हुमागाईं नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा विगत लामो समयदेखि काम गरेकाले इक्यानको महासचिव भएर काम गर्न चाहेको बताउनुभएको छ।
महासचिव पदका लागि हुमागाईंको प्रतिबद्धता :
• केन्द्र-शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने,
केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र, नियमित समन्वय संयन्त्र र कार्यसम्पादनमा आधारित प्रणाली विकास गरी संगठनलाई व्यवहारिक रूपमा बलियो बनाउने,
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी Policy Advocacy शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग समन्वय गरी ECAN को आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्ने,
• सरकार तथा सरोकारवाला निकायसँग इक्यानको संस्थागत हैसियत मजबुत बनाउने,मन्त्रालय, नियामक निकाय, कूटनीतिक मिशन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संस्थागत सम्बन्ध विस्तार गरी इक्यानलाई नीतिगत साझेदारको रूपमा स्थापित गर्ने,
• पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सबल संस्था निर्माण,
नियमित प्रतिवेदन र सदस्यलाई जानकारी दिने अभ्यासमार्फत संस्थामा सुशासन र आर्थिक स्थायित्व सुनिश्चित गर्ने,
• युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति नयाँ पुस्ताका व्यवसायीलाई मार्गदर्शन, क्षमता विकास र संस्थागत सहभागितामार्फत इक्यान भित्र अवसर र नेतृत्व विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्ने,
• Multi-destination Educational Student Mobility मा रणनीतिक रूपमा काम गर्न विद्यार्थी गन्तव्य विविधीकरण, नयाँ अध्ययन बजारको पहिचान, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा इक्यानलाई अग्रसर बनाउने,
इक्यानमा हुमागाईंले गरेका काम:
• इक्यान केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना
केन्द्र र शाखाबीचको दूरी घटाउँदै नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छु। यसले संगठनभित्र एकरूपता, विश्वास र कार्यान्वयन क्षमता बढाउन सहयोग पुर्याएको छ।
• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न अग्रणी भूमिका
सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद, दस्तावेजी समन्वय र संस्थागत पहलमार्फत शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रियालाई पुनः सक्रिय बनाउन निर्णायक भूमिका खेलेको छु, जसले सदस्यहरूको व्यवसायिक सुरक्षामा ठोस आधार तयार गरेको छ।
• दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना मार्फत संगठन विस्तार
भौगोलिक पहुँच विस्तार गर्दै नयाँ शाखा र समन्वय केन्द्र स्थापना गरी इक्यानलाई थप समावेशी, प्रतिनिधिमूलक र सशक्त संस्थाको रूपमा विस्तार गर्न योगदान पुर्याएको छु।
• इक्यानको सदस्यता विस्तार तथा आजीवन सदस्यता प्रवर्द्धनमा सक्रिय योगदान
संस्थाप्रति विश्वास बढाउने नीति, सदस्य-मैत्री पहल र प्रत्यक्ष संवादमार्फत नयाँ सदस्य भित्र्याउने तथा आजीवन सदस्यता प्रवर्द्धन गर्दै संस्थाको दीर्घकालीन स्थायित्वमा योगदान दिएको छु।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification) र भिसा आवेदन पाउँदा...
कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप
काठमाडौं। नेपालस्थित कोरियन दूतावासले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफाइ)का लागि कोटा थप गरेको छ।...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...
ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...




