तराईमा हुस्सु र पहाडमा हल्का वर्षाको सम्भावना
काठमाडौँ। देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।
आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा तराई भूभागमा हुस्सु तथा कुहिरोको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दीपक भट्ट पक्राउ
काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी...
खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ
काठमाडौँ। खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ कि...
गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन...
कस्तो छ आजको मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल...




