Breaking News

चौतर्फी विवादपछि नाम फिर्ता लने घोषणामा पुगे रास्वपाका यी समानुपातिकका उम्मेदवारहरू

काठमाडौं। चौतर्फी विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीमा रहेकाहरूले भटाभट नाम फिर्ता लिन थालेका छन्। लोकप्रियताका आधारमा सिमान्तकृतको कोटा खाइदिएको भन्दै उनीहरूविरुद्ध पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो। रास्वपाले निर्वाचन आयोगमा पठाएका ११० जनाको नाम मध्ये विवादमा तानिएका केही उम्मेदवारले नाम फिर्ता लिएका छन्। नाम लिनेमध्ये आशिफ शाह, टासी शेर्पा, सचिन ढकाल, तृसला गुरुङ, महेन्द्र लावतीलगायतले नाम फिर्ता लिएका हुन्। यी सबैले सामाजिक सन्जालमार्फत नाम फिर्ता लिएका हुन्। आशिफ शाहले मुस्लिम क्लष्टरबाट समानुपातिकमा पर्नुभएको थियो। सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराउँदै उहाँले जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि नाम फिर्ता लिन आग्रह गर्दै आफ्नो नाम फिर्ता लिएको घोषणा गर्नुभएको हो।

राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको भन्दै उहाँले देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मनभित्र जीवित रहेको उल्लेख गर्नुभएको छ। उहाँले प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट रहेको उल्लेख गर्दै काठमाडौं ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन पूर्ण रूपमा तयार रहेको पनि घोषणा गर्नुभएको हो। यस्तै गायिका त्रिशला गुरुङले पनि फिर्ता लिनुभएको छ। उहाँ जनजाति क्लष्टरबाट बन्दसूचीमा पर्नुभएको थियो। टासी पनि जनजातिबाटै पर्नुभएको थियो। यता लावतीले भने पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै नाम फिर्ता लिनुभएको हो। उज्यालो नेपालका केन्द्रीय सदस्य लावती कुलमान घिसिङले रास्वपासँग पार्टी एकता गरेपछि असन्तुष्ट हुनुहुन्यो।

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...