Breaking News

झापा ५ बाट ओलीको नाम एकल सिफारिस

झापा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापाले क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । शनिबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले यस्तो निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यो सिफारिसँगै ओली दुई संविधानसभा र पाँच प्रतिनिधिसभा गरेर सातौं पटक चुनाव लड्दै हुनुहुन्छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष अघिल्लो २०७९ निर्वाचनमा झापा ५ बाट फराकिलो मतान्तरले विजयी बन्नुभएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्वी भन्दा २८ हजार ५७६ मतान्तरले विजयी बन्नुभएको हो ।

उहाँ २०४८ मा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा झापा –६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो भने २०५१ को मध्यावधि निर्वाचनमा झापा –२ बाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको थियो । अध्यक्ष ओली २०५६ मा झापा –६ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो ।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका अध्यक्ष ओली २०७० मङ्सिरमा भएको निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...