अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा भेनेजुएलामा भिषण आक्रमण, राष्ट्रपति मादुरो अमेरिकी नियन्त्रणमा

काठमाडौं। अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकाससहित चार सहरमा भीषण हवाई हमला गरेको छ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाका काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा अमेरिकाले सात हवाई हमला गरेको हो।

पहिलो आक्रमण स्थानीय समयअनुसार बिहान २ बजेतिर भएको थियो। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सैन्य अड्डा र प्रमुख स्थानहरूमा आक्रमण गर्न आदेश दिएका थिए।

आक्रमणको भाइरल भिडिओमा सहरमाथि नजिकै झन्डै १० वटा हेलिकप्टर उडिरहेको देखिएको थियो।  रोयटर्सका अनुसार, सहरका धेरै क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने प्रमुख सैन्य अड्डानजिकै दक्षिणी क्षेत्रमा बिजुली काटिएको थियो।

अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विज्ञप्ति जारी गरी कडा जवाफ दिइने चेतावनी दिएका थिए। मादुरोले राष्ट्रव्यापी आपत्‌काल घोषणा पनि गरेका छन्।

उनले भनेका छन्, ‘अमेरिका भेनेजुएलाको तेल र खनिज स्रोत कब्जा गर्न चाहन्छ।’

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी ट्रम्पले गरेका छन्।

 

मादुरो दम्पतीविरुद्ध मुद्दा चलाउने

यसैबीच अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्। 

बोन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को-आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ।’

उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको सामना गर्नेछन्’, उनले थपेकी छन्।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...