Breaking News

विकास सुस्त र सुशासन कमजोर हुँदा नवयुवा पुस्तामा गहिरो असन्तुष्टिः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताउनुभएको छ ।

आइतबार ललितपुरमा विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो । उहाँले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताउनु भयो ।

उहाँले आगामी २१ फागुनमा हुने निर्वाचनमा आम नागरिकले विकासको गति तिब्र बनाउने, सुशासनको अनुभुति दिलाउने तथा स्रोत र सम्पतीमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो । देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको भन्दै उहाँले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यवसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भएपनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि बहस नभई व्यवहारमै देखाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीहरुको कारणले आम नवयुवा पुस्तामा ठूलो असन्तुष्टि छ । त्यो असन्तुष्टि बेला बेलामा प्रकट हुँदै आएको अवस्था पनि छ । अहिले जुन घटनाक्रमले म र मेरा मन्त्रिपरिषद्का मित्रहरुका साथै सम्माननीय प्रधानमन्त्रीज्यु यो मन्त्रिमण्डलमा छौँ त्यो नवयुवाले व्यक्त गरेको विद्रोह र असन्तोषलाई व्यवस्थापन गरेर मुलुकलाई यहाँहरुले आशा गरेको जस्तो विकासको गति दिनसक्ने, आम नागरिकलाई सुशासनको अनुभुति दिनसक्ने तथा स्रोत र सम्पतीमाथिको अतिक्रमणलाई कम गरेर भ्रष्टाचार नियन्त्रण गर्नसक्ने किसिमको राजनीतिक शक्तिलाई सत्तामा ल्याउनको निमित्त आम नागरिकले अगामी फागुन २१ गते निर्वाचनमा सहभागि हुनेछन् । म यत्तिमात्र भन्न चाहन्छु कि म आफैँसँग पनि विकासका शुत्रहरु छैनन् । सम्भवतः हामीले हाम्रा दस्तावेजहरुमा पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका विजनेस प्लानहरु र नीजि क्षेत्र आफ्नैको पनि योजनमा विकासको रुपरेखा व्यक्त भएको छ । समस्या हामीकहाँ त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति, इमादारिता र परिणाम ल्याउनसक्ने व्यवस्थापन छैन । यी तीनवटै कुरा बहस गरेर मात्र प्राप्त हुदैनन् । यो कुरा हामी आफैँले अभ्यास गरेर देखाउनुपर्ने हुन्छ ।’

उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरुको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउन समेत आम नागरिकलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...